काठमाडौं । एक सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको दलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको भन्दै मतदानमा भाग नलिने निर्णय गरेको हो ।
यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी पनि राष्ट्रपति निर्वाचनका बारेमा निर्णय गर्न बैठक जारी रहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान शुरु भएको छ । निर्वाचनमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया