मतदान अघि सुवास नेम्वाङले भने- ‘सबै दलहरु एक ठाउँमा उभिनुपर्छ’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

केहीबेरअघि राष्ट्रपतिको मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुगेका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

देश अहिले गम्भीर अवस्थामा रहेको कारण सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर त्यसलाई समाधान गर्नुपर्ने उनको जोड रहेको छ ।

‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ नेम्वाङले भने ।

नेम्वाङले केहीबेरअघि राष्ट्रपतिमा मतदान गरिसकेका छन् । गठबन्धनको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनेको रामचन्द्र पौडेल र नेम्वाङबीच प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?