काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार उपस्थित हुन आदेश दिएको छ ।
प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट दर्ता गराएका छन् । त्यससँगै सर्वोच्चले बिहीबार प्रचण्डलाई उपस्थित हुन भनेको छ ।
२०७६ साल माघ १ गते खुल्लामञ्चमा बोल्दै द्धन्द्धकालमा मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति सोही बेला रिट दर्ता गर्न सर्वोच्च प्रशासनमा निवेदन पुगेपनि दरपीठ भएको थियो ।
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया