काठमाडौं । आगामी चैतको पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरबाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।
‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्तादेखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’
तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो । विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहनु फोटोग्राफरहरु र संचार माध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तर्क्रिया गर्नेछन् ।
‘रिल वाला’ क्यामेरा देखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाँउको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।
समिटका अवसरमा अन्तर्क्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् ।
जसलेगर्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । समिटमा ११ जना अग्रज फोटोपत्रकार/फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम रजिस्ट्रेशन गर्नुपर्नेछ ।
यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी हुनेछन् । ‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने, ‘समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया