कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

काठमाडौं । बिहीबार मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

यसैगरी राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?