पोखरा । बागमती टिपर व्यवसायी संघ काभ्रेको ११ औँ वार्षिक साधारणसभा सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए ।
साधारण सभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनुपर्ने बताए । अहिले यातायात क्षेत्र विविध कानुनी जटिलताबाट गुज्रिएको र यसको समाधानका लागि महासघले निरन्तर रुपमा सरकारसंग लबिङ गर्दै आएको समेत बताए ।
अझैपनि यातायात क्षेत्रमा ढुक्क भएर लगानी गर्ने सक्ने अवस्था नभएको नबनी सकेको र राज्यले व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताए । बागमती टिपर व्यवसायी संघमा करिब ८ सय टिपरहरु रहेका छ भने साधारणसभामा करिब २ सय टिपर व्यवसायीहरुको सहभागीता रहेको सघका अध्यक्ष, सुरेश खत्रीले जानकारी दिए ।
सम्पन्न साधारण सभाले टिपर व्यवसायीहरुको हक र हितका लागि सरोकार वाला निकायसँग थप छलफल गर्ने र संघमा आवद्ध व्यवसायीहरुको टिपर दुर्घटनामा परि अंगभंग भएका चालक, सहचालक घाइतेको परिवारलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया