काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा.मथुराप्रसाद श्रेष्ठको मंगलबार अन्तिम बिदाइ गरिएको छ ।
पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
डा.श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ०४७ सालको अन्तरिम सरकारमा श्रेष्ठ स्वास्थ्यमन्त्री रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया