मिस, मिस्टर र मिसेस नेशनल प्रतियोगिता हुँदै

लोकपथ
35
Shares

काठमाडौं । मिस, मिस्टर र मिसेस नेशनल २०२३ प्रतियोगिता हुने भएको छ ।

विगतदेखि नै कराओके ईन्टरटेन्मेन्टले मिस र मिस्टर नेशनल आयोजना गर्दै आइरहेको थियो । अब हुने प्रतियोगितामा विवाहित महिलाले पनि भाग लिन पाउने व्यवस्था गरिएको कराओके ईन्टरटेन्मेन्टका संस्थापक अध्यक्ष अध्यक्ष खगेश रन्जितले जानकारी दिए ।

युवायुवती र विवाहित महिलाहरूको लुकेको प्रतिभा प्रस्फुटन गरि राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाको प्रमुख सल्लाहकार पूर्व एसएसपी दिपक रन्जितले आफू रास्ट्र निर्माणमा लागेका ब्यक्तिहरुको सदा साथ रहेको बताए ।

सङ्गीतकर्मी एवं मिस नेशनल समिता बज्राचार्यको कोरियोग्राफिमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमन्डल ललितपुरमा गरि होटल यलो प्यागोडामा अन्तिम प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रमलाई चुस्त दुरुस्त तथा धाँधलीरहित बनाउन नयाँ उपकरणको साथमा डिजिसफ्ट डेभलोपर्सले कराओके ईन्टरटेन्मेन्ट्को आई टि पार्ट्नरको रुपमा काम गरि मद्धत पुर्याउन पाउँदा गर्व महसुस भएको भनेर डिजिसफ्ट डेभलोपर्सको म्यानेजर अश्मिता महर्जनले बताइन् ।

रोजिन शाक्यको ग्रुमिङ सेसन तथा अन्य विज्ञबाट विभिन्न विधाको तालिम पश्चात् अन्तिम प्रतिष्पर्धामा नेपाली र अङ्ग्रेजी भाषा मध्ये कुनै भाषाको छनौट गरि निर्णायकका प्रश्नको जवाफ दिन सक्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?