ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार बढी चालक कारबाहीमा

लोकपथ
14
Shares
फाइल फोटो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालक प्रहरी कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको सूचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना , पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालक रहेका छन् ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् ।

ट्राफिक नियम उलंघन गरि फरार रहेका चालकलाई भने सीसीटीभी फुटेजका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले यातायात व्यवस्था कार्यालयबाट विवरण लिएर सवारी चालक वा धनिलाई कार्यालयमै बोलाएर कारबाही गर्दै आएको छ ।

प्रविधिमैत्री बन्दै गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन विसं ०७४ बाट र विसं ०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?