काठमाडौं । भारतको नेशनल वर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
उनको स्वास्थ्यमा सुधार देखिएसँगै सोमबारबाट भेन्टिलेटरसमेत हटाइएको छ । यो ट्रायलको लागि हटाइएको भण्डारीसँगै अस्पतालमा रहेका उनका सहयोगी योगराज कँडेलले जानकारी दिएका छन् ।
उनका अनुसार भण्डारीको प्लेटलेटको मात्रा बढेको छ, पिसाव नर्मल रहेको र सबै अंगले काम गरेको उनले जानकारी गराए ।
भण्डारीको उपचारमा संलग्न डा. सिद्धार्थ केशवानीको काउन्सिलिङ अनुसार उनको स्वास्थ्य अवस्था नर्मल हुँदै गइरहेको छ ।
केहीदिनअघि उनको निवास बुद्धनगरमा ग्यास विस्फोट भइ घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया