काठमाडौं । बिन्दवासिनी म्युजिक कम्पनीको सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।
आइतबार थाइल्याण्डबाट फर्किने क्रममा उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जालमा लेखेको विषयमा महेश चन्द्र आचार्यले ब्यूरोमा उजुरी दिएका थिए । उनले सामाजिक सञ्जालमा अरुमाथि आक्षेप लगाउने किसिमको कन्टेनहरु लेखेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दिए ।
‘उहाँलाई आइतबार अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।’ स्रोतले भन्यो, ‘उहाँले सामाजिक सञ्जालमा आक्षेपपूर्ण अभिव्यक्ति दिएको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।’
केही समयअघिदेखि केही गायक गायीकाहरुसँग उनको विवाद रहेको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया