डडेल्धुरा । प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि शुरु गरिएको हो ।
कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताउनुभयो । कारागार कार्यालयको बन्दीगृहमा नौ महिला तथा एक सय दुई पुरुष कैदी र पाँच महिला तथा १० पुरुष थुनुवा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया