काठमाडौं । आम माफी पाएर थुनामुक्त भएका नागरिक उ न्मुक्ती पार्टीका सांसद अरुणकुमार चौधरीले राजनीतिक प्रतिशोध साँध्न आफूलाई कारागारमा राखिएकाे प्रतिक्रिया दिएका छन् ।
आइतबार आम माफी पाइ कैलाली कारागारबाट निस्किने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सांसद चौधरीले सो कुरा बताएका हुन् ।
भर्खरै उदाउन लागेको दललाई विभिन्न राजनीतिक प्रतिशोध राखेर कमजोर बनाउन खोजिएको उनको आरोप छ ।
‘जुन हिसाबले म भित्र आएँ त्यो राजनीतिक प्रतिशोध भएको देखिन्छ ।’ उनले भने, ‘राजनीतिक प्रतिशोध लिएको जस्तो । एउटा राइज भएको पार्टी, अब सानो पार्टी छ । सानो दल छ । यो जसरी उठी रहेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’
त्यस्तै कारागार बसाइ केही सिकाइको माध्ययम बनेको उनले बताए ।
चौधरीले आइतबार प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएका हुन् । भण्डारीले उनीसहित अन्य ३९५ जना कैदी बन्दीलाई आम माफी दिएकी छिन् ।
चौधरी ट्याक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएको थियो । अदालतले ६ महिनाको कैद सुनाएकोमा उनी फरार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया