वीरगञ्ज । वीरगञ्जमा सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् ।
सेजको प्रदर्शनी हलको ढलानको छत भत्किएपछि मोरङको सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।
घाइतेहरुको हाल सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया