काठमाडौं । विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि नर्स राख्ने नितिनै बन्ने भएको छ ।
मंगलबार काठमाडौंमा भएको ‘चोटपटक नियन्त्रण तथा उपचारका सन्दर्भमा सार्वजनिक सुरक्षाको मापन ,निति र प्राथमिकता’ सम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा मन्त्रालयका उद्धव कट्टेलले नितिनै निर्माण हुने काम भईरहेको बताए । जसअन्तरगत आधारभूत तहमा सिएमए लेबलको र कक्षा १२ सम्म एचए लेबलको नर्स राख्ने गरी निति निर्माणको काम अगाडी बढीरहेको कट्टेले बताए ।
हाल नेपालमा ३५ हजार सामुदायिक विद्यालय र ९ हजार निजि विद्यालयहरु रहेका छन् जहाँ ५ वर्ष देखि १८ वर्ष सम्मका ८० लाख बालबालिकाहरुले अध्ययन गर्ने गरेका छन् । यस्तै कार्यक्रममा अधिकृत कट्टेलले विद्यालय शिक्षा पनि रोड सेफ्टीको बारेमा सामाग्री समावेश गर्न सकेको खण्डमा सडक दुर्घटनालाई कम गराउन सक्ने बताए ।
यस्तै स्वास्थ्य मन्त्रालयले जुनसुकै दूर्घटनामा परेको नागरिकलाई तत्काल उपचार प्रदान गर्नको लागि विभिन्न स्वास्थ्य संघसंस्थासंग सहकार्य गरेर काम गरिरहेको पनि उनले बताए ।
यस्तै कार्यक्रममा श्रम मन्त्रालयका बरुन झाले नेपालमा दूर्घटनामा परेको नागरिकको एकिन तथ्याङक नआउनुमा सम्बन्धीत निकायलेनै जिम्मेवार रहेको बताए ।
स्वातन्त्र नेपाल अभियानको आयोजन भएको कार्यक्रममा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका प्रमुख डाक्टर सुनिल जोशीले एकिन तथ्याङक नहुँदा इन्जुरी सर्भिलेन्सको पाटोमा काम गर्न नसकेको बताए । दूर्घटना न्यूनीकरण गर्न र भएपछि के गर्ने भन्ने विषयमा स्पष्ट निति नियम भए पनि कार्यान्वयनको पाटो निकै फितलो भएको उनको भनाई थियो ।
यस्तै कार्यक्रममा विभिन्न संघसंस्थाका सहभागीहरुले सडक दूर्घटना न्यूनीकरणका लागि अनुमितपत्र भएका चालकलाई मात्रै सवारीसाधन चलाउने नियम कडा ल्याउनुपर्ने र अबका दिनमा भूगोलको आधारमा अनुमति पत्र दिने हो भने सडक दूर्घटना न्यूनिकरण गर्न सकिने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया