प्रदेश नं १ प्रदेश सभाको बैठक भोलि बस्दै

लोकपथ
7
Shares

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?