राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले गरिन् उम्मेदवारी दर्ता

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय छ । उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ । सत्ता गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ ।

कांग्रेसले पनि माओवादीको अर्याललाई समर्थन गर्ने भएको छ । रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ देखि ४ बजेसम्मको समय छुट्टयाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गरिने छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म पनि उपाध्यक्ष पदको पदपूर्ति गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?