रविलाई प्रचण्डले भने–‘गृह मन्त्रालय दिन सकिँदैन, विकल्प सोच्नुस्’

लोकपथ
42
Shares

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी केन्द्रीय समिति र संसदीय दलको,बैठक बस्नुअघि प्रधानमन्त्ती निवास वालुवाटार पुगेर फर्किएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसिकने र अन्य विकल्पबारे सोच्न जवाफ दिएका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं उपनिर्वाचन लड्नुभयो र निर्वाचित हुनुभयो भने सरकारमा आउने कुरा स्वाभाविक छ । अहिले मन्त्री नबन्नुस्, गृह मन्त्रालय म (प्रधानमन्त्री) सँग नै रहन्छ । अरू विकल्प सोच्नुस् ।’

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका हुन् । यसबारे औपचारिक निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?