सरकारबारे रास्वपाको निर्णायक बैठक आज

लोकपथ
0
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । सरकार छाड्ने धम्की दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णायक बैठक आज बस्दैछ ।

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहान ११ बजे बोलाइएको छ ।

सरकारमा बस्ने कि नबस्नेबारेको निर्णय आजको बैठकले लिने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताएका छन् । शनिबार बैठकले भने कुनै निर्णय गर्न सकेको थिएन ।

पार्टीको गत बिहीबार बसेको बैठकले गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको समयसीमा दिएको थियो । उक्त सीमा शनिबार मध्यरातिबाट सकिएकाले आजको बैठक निर्णायक मानिएको छ ।

रास्वपाभित्र तत्काल सरकारबाट बाहिरिनुपर्ने र बाहिरिनुको कारण आमजनतालाई प्रष्ट गर्नुपर्ने, गृहमन्त्रालय नपाएकै कारण सरकारबाट हटेको सन्देश जाँदा गलत हुनसक्ने भन्ने दुई धार देखिएको छ ।

सभापति रवि लामिछानेसहितका केही नेता तत्काल छाड्नुपर्ने पक्षमा रहँदा उपनेता श्रेष्ठसहितका नेता सरकार छाड्नुको औचित्य प्रष्ट गर्नुपर्ने भन्नेमा छन् ।

विहीबार सरकार छाड्ने समयसीमा दिनुअघि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय नपाए सरकार छाड्ने निर्णय सुनाएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवारको बैठक निष्कर्षहीन बनेकाे थियो ।

नेकपा माओवादीका नेताहरु भने रविको पासपोर्टको मुद्दामा छानबीन भइरहेकाले उनलाई तत्काल उक्त मन्त्रालय दिन नहुनेमा छन् ।

माओवादी गृह आफैं राख्ने पक्षमा देखिएको छ । सत्तारुढ गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी ओली भने रविलाई नै गृह मन्त्रालय दिनुपर्ने पक्षमा छन् ।

यसअघि नागरिकता प्रकरणमा दोषी देखिएपछि लामिछानेको उप्रधान एवं गृह मन्त्री, सांसद र पार्टी सभापति पद एक साथ गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?