हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

लोकपथ
35
Shares
lxpF kG5fOFb} d’u’ !% df3 M ut !) ut] /ftLaf6 k/]sf] lxpkftn] s0ffnL /fhdfu{ gfUd–udu9Lsf] lkgf–;ftdf]8–a’na’n] v08df afSnf] lxpF hd]/ ;8s cj?¢ ePkl5 :sfe]6/sf] k|of]u u/]/ lxpF kG5fpFb} ;8s l8lehg sfof{no h’Dnf . lxpF kG5fP;Fu cj?¢ ;8s cfOtaf/af6 ;~rfng ePsf] 5 . tl:a/ M g[k]Gb|axfb’/ dNn÷/f;;

मुगु । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्ध हुने गरेकामा चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?