काठमाडौं । नेपाल शिक्षक संघ बर्दगोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शिक्षक संघ बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष भिमदत्त बिनाडीको सभापतित्वमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
बसन्त मुरारी नमूना माविमा कार्यरत शिक्षक राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय पदाधिकारी चयन गरिएको हो । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, महिला उपाध्यक्षमा पवन मल्ल, सचिवमा चक्रबहादुर शाही र अर्थ सचिवमा चन्द्रा जोशी चयन भएका छन् ।
त्यस्तै, सहसचिवमा एकेन्द्र कुँवर र भरत बलायर, समावेशीतर्फ सकोश डंगौरा र उपेन्द्र सुनार चयन भएका छन् भने महिलातर्फ सुरेखा चौधरी चयन भएकी छन् । नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेशदत्त ओझाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस बर्दगोरियाका सभापति कृष्ण विष्ट रहेका थिए ।
कार्यक्रममा शिक्षक संघ कैलालीका पूर्व सहसचिव तेजबहादुर सिंह, शिक्षक गणेशप्रसाद दाहाल, प्रदेश प्रतिनिधि एवं बसन्त मुरारी नमूना माविका प्रअ भुमिप्रकाश बम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र कुश्मीले गरेका थिए । कार्यक्रममा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
अधिवेशनबाट शैक्षिक क्षेत्रमा लामो समय सेवारत रही सेवा निवृत्त माध्यमिक विद्यालय कोटातुल्सिपुरका शिक्षक गणेशप्रसाद मिश्र, हरिकुमार कुँवर र प्रावि जोकाहीका कर्णबहादुर बमलाई दोसल्ला तथा कदरपत्रमार्फत् सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया