सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी

नयाँदिल्ली । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उजुरी गरेकी छन् ।

हानिफा जारा नाम गरेकी ती बालिकाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाग लाग्ने गरेको र शौचालय बनाउने वाचा बाबुले पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठाउँमा शौच गर्छन् ।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन । राजधानी दैनिकले यसबारे खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?