रुकुमपूर्व । रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो ।
पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ । विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो । हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया