मेयर बालेन शाहविरुद्ध आन्दोलन हुँदै

लोकपथ
189
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध आन्दोलन हुने भएको छ ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विभिन्न ६ आरोप लगाउँदै मेयर शाहविरुद्ध आन्दोलन गर्न लागेको हो ।

मेयर शाहमाथि संविधानले सुरक्षित गरेको सम्पतिसम्बन्धि मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काएको, क्षेत्राधिकार बाहिर गइ जबर्जस्ती महानगर प्रहरी प्रयोग गरी जिएलडी लगायतका सडक खुलाउने तथा विस्तार गरेको लगायत आरोप छ ।

त्यस्तै बिना अध्ययन र बिना योजना संरचनामा डोजर चलाएको, आदिबासीको भूमि अतिक्रमण गरिएको, कुनै सूचना वा जानकारी नै नदिइ कानुनी प्रक्रिया नपुर्याइ अनाधिकृत रुपमा निजी सम्पती प्रवेश गरेको आरोप पनि उनीमाथि लागेको छ ।

सामाजिक अभियन्ता सुमन सायमीको नेतृत्वमा आगामी माघ १५ गते माइतीघरमा आन्दोलन हुन लागेको हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएसँगै मेयर शाहले टुकुचा खोलामाथि अतिक्रमित भू–भाग हटाउने, मापदण्ड विपरितका संरचना हटाउनेसहित फुटपाथ व्यवस्थित बनाउन फुटपाथमा व्यापार गर्नेहरुलाई हटाउने कामको तिव्रता दिएका थिए । अवैध संरचना डोजर लगाएर भत्काए पनि निर्माणमा कुनै पहल नगरेको र पीडितलाई कुनै राहत नदिएको भन्दै मेयर शाहको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?