काठमाडौं । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउनु अघि भारतीय विमानले परीक्षण उडान (टेस्ट फ्लाइट)गरेको छ ।
मंगलबार बिहान भारत उत्तर प्रदेशको राजधानी लखनउबाट सो विमान उडेको थियो ।
बीई २० टाइपको भारतीय कम्पनीमा दर्ता भएको बिमान बिहान १० बजेर १९ बजे अवतरण भएको केही समयपछि फेरि लखनउ फर्किएको छ ।
नर्मल रुट गल्फ ३३५ बाट उडान भरेको उक्त बिमान करीब १ घन्टाको समयमा लखनउबाट जनकपुर आइपुगेको थियो ।
भोलि उक्त बिमान आउँदा जनकपुरको बुद्ध र येती एयरलाईन्सको नियमित विमानको समय हेरफेर हुन सक्ने जनकपुर विमान स्थलमाले जनाएको छ ।
विमानस्थलको सुरक्षाको प्रबन्ध जिल्ला सुरक्षा समिति अनुसार नै प्रबन्ध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया