काठमाडौं । पछिल्लो ट्राफिक प्रहरी महाशाखाको जानकारी अनुसार ३२ हजार भन्दा बढी ट्याक्सी चलकहरुलाई कारवाहीमा परेका छन् ।
मिटरमा जान नमानेका चालकहरु कारवाहीमा परेका हुन् ।
विभिन्न बाहना बनाई ट्याक्सी मिटरमा जान नमानेको गुनासोहरु सर्वसाधारणले गरे पछि महाशाखाको विषेश टोली अनुगमनमा खटिएको थियो ।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई कारवाही गरेको ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया