लेखनाथ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।
मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् । नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका छन् ।
बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।
बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया