किसानले मल नपाएर सीमामा कुटाई खाने, नेताहरु कुर्सीको जुहारीमा रम्ने ?–सांसद यादव

लोकपथ
14
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठूला दलका नेताहरूको स्वार्थका कारण देशको विकास हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद् यादवले आर्थिक, सुशासनको बहस गर्नुपर्ने बेला ठूला दलका शीर्ष नेताहरूले स्वार्थपूर्ण लडाईँ लडिरहेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मधेसका समस्या सम्बोधन गर्न गम्भीर नभएको आरोप पनि यादवले लगाए ।

उनले भने, ‘कुनै दिन सिरहाका जनताले प्रचण्डलाई जिताइदिए । प्रचण्डजीले लभ मधेससँग लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो । अहिले लगनगाँठो अर्कैसँग गाँसेर रमाइरहनुभएको छ । यसरी हामी कहीँ पुग्दैनौं ।’

भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल विधेयक ल्याउनुपर्ने भन्दै सांसद यादवले भने, ‘किसान मल नपाएर बोर्डरमा प्रहरीको लाट्ठी खानुपर्ने अवस्था छ । तर, ठूला दलका नेताहरू जुहारी गर्दैछन् । एकले अर्कालाई होच्याइरहेका छन् । आर्थिक बहसको विषय गर्नुपर्ने बेला नाकको लडाईँ गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?