काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सोविता गौतमले उपसभामुख पदमा इन्दिरा रानालाई मतदान गर्न आग्रह गरेकी छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा रानाको प्रस्तावकका तर्फबाट बोल्दै गौतमले सांसद रानालाई उपसभामुखमा निर्वाचित गराउँदा संसदको गरिमा बढ्ने बताएकी हुन् ।
समाज रूपान्तरणको अथक प्रयासपछि आएको सामाजिक व्यक्तित्व र राजनीतिक रुपमासमेत परिपक्व र अब्बल क्षमता भएकाले रानामगरलाई मतदान गरी निर्वाचित गराउन उनले आग्रह गरिन् ।
कारागारमा रहेका बालबालिकाको शिक्षा दीक्षामा रानालाई उपसभामुख पदमा निर्वाचित गर्नुपर्ने उनले तर्क अघि सारिन् । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुने बताइन् ।
सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा आफूलाई समर्पित गरेको बताउँदै गौतमले भनिन्, ‘उपसभामुख पदमा सीमान्तकृत समुदायका दुई महिला प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
यो लोकतन्त्र सुदृढ हुँदै गएको हो भन्ने सङ्केत पनि हो । यो प्रतिस्पर्धा सुखद संयोग मात्र नबनोस् । यस्तो प्रतिस्पर्धा हाम्रो लोकतन्त्रको सामान्य प्रक्रिया बन्दै जाओस् । लोकतन्त्र भनेको फगत शासन शैली होइन जनताहरूको जीवनशैली पनि हो ।’
इन्दिरा रानामगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया