प्रश्न उठाउनेमाथि अमर्यादित बने मेयर बालेन : ‘रक्सी खाएर प्रश्न गरेको आक्षेप’

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि प्रश्न उठाउनेप्रति अमर्यादित जवाफ फर्काउन थालेका छन् । महानगरको कार्यशैलीमाथि प्रश्न उठाउनेहरुप्रति उनी असंयमित बनेका हुन् ।

व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेन खनिएका हुन् । पछिल्लो पटक उनी चलचित्र निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीप्रति खनिएका हुन् ।

भण्डारीले महानगरले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर शाह व्यक्तिगत लाञ्छनामै उत्रिएका हुन् । उल्टै भण्डारीले गरिरहेको व्यवसायमाथि प्रश्न गर्दै शाहले भनेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर बालेनको यो शैलीप्रति सामाजिक सञ्जाल फेसबुकमा लामै दाहोरी चलेको छ । त्यसपछि फेरि निर्देशक भण्डारी लेख्छन्, ‘मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?’

आफ्नो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् । त्यसमा बालेन थप आक्रोशिच देखिन्छन् ।
निर्देशक भण्डारीलाई मदिरा पिएर लेखेको आरोप लगाउँदै साहले प्रश्न गरेर दुःख दिएको बताएका छन् ।

मेयर साहले भण्डारीलाई गरेको प्रतिप्रश्नमा, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?