संघीय संसद भवनमा सर्वदलीय बैठक शुरु

लोकपथ
63
Shares

काठमाडौं प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले आह्वान गरेको सर्वदलीय बैठक शुरु भएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक शुरु भएको हो ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान उपस्थिति रहेको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ । प्रतिनिधि सभामा आज नै उपसभामुख चयनका लागि मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?