मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले खेलकुदको विकासमा सहयोग गर्ने बताएका छन् । उनले १२ औँ संस्करणको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) स्पोर्ट्स मिटको आज शहीद रङ्गशालामा उद्घाटन गर्दै यस क्षेत्रमा योजनाबद्ध तरिकाले खेलकुद पूर्वाधार निर्माण र आवश्यक दक्ष प्रशिक्षकको व्यवस्थामा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।
मुलुकको नाम विश्वमा राख्न खेलकुद महत्वपूर्ण माध्यम भएको चर्चा गर्दै उनले विद्यालयस्तरमा खेलाडीलाई आवश्यक सीप र प्रविधिका ज्ञान दिएमा सफलता प्राप्त गर्न सकिने धारणा राखे । मुख्यमन्त्री कार्कीले खेललाई व्यवसायिकरण गर्नु आजको आवश्यकता रहेको बताए ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकारले काम गरिरहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने धारणा राखे ।
स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका दुई सय २० वटा प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीले भाग लिएका छन् । विद्यालय तहदेखि खेलाडी उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको प्याव्सन मोरङ अध्यक्ष शितला सुव्वाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया