काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि उनलाई अस्पतालले खानपिन लगायत स्वास्थ्य निगरानीमा ध्यान दिन सुझाव दिँदै डिस्चार्ज गरेकाे हाे । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा देखिएको समस्या बल्झिएपछि काठमाडौं ल्याइएकाे थियो ।
गत महिना उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचाररत पुन एक हप्ता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन् । सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।
चिकित्सकले उनलाई निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गर्न सुझाव दिएका छन् ।
अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् । वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।
नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया