काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धन भन्दा बाहिर रहेका दलहरुको समर्थन लिएर अघि बढ्ने कांग्रेसको तयारी छ । कांग्रेसले उपसभामुखमा गठबन्धन बाहिर रहेका अन्य दलहरुसँगसमेत छलफल गरी समर्थन जुटाउने रणनीतिमा छ ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएकाे छ । बैठकमा सहभागि एक पदाधिकारीका अनुसार यादवलाई उपसभामुखको उम्मेदवारमा अघि सारिएको हो । यद्यपी निर्णय भने भइनसकेको बताइएको छ ।
कांग्रेस केन्दीय सदस्यसमेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् । कांग्रेसमा केन्द्रीय सदस्यसमेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममाथि छलफल भएको थियो ।
यसअघि आज नै सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा नारालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो ।
सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । त्यसलाई मध्यजर गरी कांग्रेसबाटै उम्मेदवार खडा गरिएको ती पदाधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया