उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

लोकपथ
7
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú pkk|wfgdGqLx?,ljleGg bnsf zLif{ g]tfx?nufot ;f+;b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधि सभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया शुरु गरिएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।

यस्तै, शुक्रबार नै अपराह्न ४ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार) को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ ।

यस्तै, सरकार बाहिर रहेको प्रतिपक्षी दल नेपाली कांग्रेससहितको ‘गठबन्धन’ बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?