काठमाडौं। प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ । बैठकले उपसभामुखको चयन गर्नेछ ।
बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्को बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।
सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ । जसअनुसार सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आज मनोनयन दर्ता गराउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया