काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारभन्दा माथि उच्चस्तरीय संयन्त्र बनाउने आफ्नो कदमको बचाउ गरेका छन् ।
बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने भन्दै कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताए ।
पत्रकारहरुसँग उनले भने, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’
बिहीबारको संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाएका सन्दर्भमा उनले यस्तो जवाफ फर्काएका हुन् ।
आफू प्रधानमन्त्री भएको बेला संविधानले चिन्दैन भनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको शर्माको टिप्पणी थियो ।
संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको तर्क गर्दै ओलीले हिजो आफूले संयन्त्र चाहिँदैन भने पनि अघिल्लो सरकारका समयमा कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएकाले अभ्यासमा आउनु स्वाभाविक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया