१४ औँ चितवन महोत्सव–२०७९ सम्पन्न

लोकपथ
42
Shares
?????? ??????? ?????? ??????????? ?????? ???? ???? ???? ?????? ????????? ??? ?????? ?????? ??????? ???? ?? ??????? ???????? ?????? ????????? ?????? ???????? ???????????? ???????? ?????????????? ? ??????? ?????? ???????, ????

चितवन । नारायणी नदी किनारमा सञ्चालन भएको १४ औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गरेका हुन् ।

महोत्सव पुस २५ गते सुरु भएको थियो । महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । चितवन महोत्सव जिल्लाकै ब्राण्ड बनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ ।

जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाले बताए । समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं १४ औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवबाट अपेक्षित कारोबार भएको बताए ।

कोरोना कहर तथा बैंकको ब्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको अध्यक्ष श्रेष्ठको भनाइ । महोत्सवमा चार सय ५० वटा स्टल रहेका थिए ।

महोत्सवबाट रु २५ करोड व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?