काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन ।
बुधबार दिउँसो सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गरेका हुन् । भेटका क्रममा आफूहरुको मुद्धाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङदेनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताइन् ।
गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।
आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि शुरु गरिएको एनआरएनएले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया