जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा यादवले १०२ मत पाएका छन् ।
कुल १०५ सांसद रहेको प्रदेश सभामा १०२ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए । यसअघि जसपा संसदीय दलका नेता यादव ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश सभामा कांग्रेसको २२, एमालेको २३, जनमत पार्टीको १३, जसपाको १६, माओवादी केन्द्रको ८ सांसद छन् । यस्तै नेकपा एकीकृत समाजवादीको ७, लोसपाको ९, राप्रपाको १, नेपाल संघीय समाजवादी पार्टीको १, नागरिक उन्मुक्ति, पार्टीको १ र स्वतन्त्र ६ सांसद छन् । आजको मतदान प्रक्रियामा ५ सांसद भने अनुपस्थित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया