कमल थापाको पार्टीको नयाँ कार्यालय हाँडीगाउँमा

लोकपथ
49
Shares

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ५ स्थित हाडिगाँउ, ढुंगेधारामा सरेको छ। बुधबार पार्टी अध्यक्ष कमल थापाले कार्यालयको उद्घाटन गरेका छन् ।

पार्टीलाई व्यवस्थित र चुस्त रुपमा संचालन गर्न नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए ।

विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकाले नयाँ ठाउँमा कार्यालय सारिएको समेत भद्राले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?