काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकारका लागि विश्वासको मत जुटाउने तयारीमा जुटेका छन् ।
सो क्रममा बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मतका लागि आग्रह गरेका हुन् ।
बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित देउवा निवास धुम्बाराही पुगेका थिए । मधेश प्रदेशमा जसपाबाट मुख्यमन्त्री बनेका सरोज यादवले आज विश्वासको मत लिँदै छन् ।
मधेश प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टीको समर्थनमा सरोज यादव मुख्यमन्त्री बनेका हुन् । यता केन्द्रमा भागबण्डा नमिलेपछि सरकारमा सामेल नभएको जसपालाई प्रदेशमा माओवादीले समर्थन नगरेको अवस्थामा सञ्चालनको लागि कांग्रेसको साथ खोजेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया