रवि लामिछानेको पार्टीलाई यी मन्त्रालयको जिम्मेवारी, उपसभामुख पनि पाउने

लोकपथ
70
Shares

काठमाडौँ । सत्तारुढ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय प्राप्त गरेको एक नेताले बताए ।

हाल सो पार्टीबाट गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले भइसकेका छन् भने अन्य मन्त्री भोलि टुंगो लगाइने भएको छ ।
यसैबीच सो पार्टीले उपसभामुख पनि पाउने भएको छ । पार्टीकी सांसद सोविता गौतम उपसभामुख बन्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?