प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै

लोकपथ
14
Shares
sf7df8f}F, @! k’;M dlGqkl/ifbsf] a}7s k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ a;]sf] dlGqkl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । सत्ता साझेदार दलमा सहमति जुटिसकेपछि प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

गृह मन्त्री रवि लामिछानेका अनुसार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भइसकेको छ ।
यद्यपि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे भने सार्वजनिक गरिएको छैन । गृहमन्त्री लामिछानेले दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने जानकारी दिए ।
उनका अनुसार शपथ दिउँसो १ बजे हुने भनेर राष्ट्रपति कार्यालयलाई खबर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?