नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार, यस्तो छ कारण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । 

शनिवार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका हुन् ।

तर, तोकिएको समयमा बैठक शुरु नभएपछि नेताहरु बैठकबाट बाहिरिएका थिए । 

नेकपाका एक नेताले भने, ‘आज पनि २० मिनेट कुरौँ र बैठक शुरु नभएपछि हिँडेका हुँ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?