काठमाडौं । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितको बैठक शनिवार (आज)बाट भएका छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि फोरमको यो पहिलो केन्द्रीय समितिको बैठक हो ।
गत विहीवार बसेको पार्टीको राजनैतिक समितिको बैटकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । सो निर्णय सँगै आज केन्द्रीय समितिको बैठक बसेको हो ।
बैठकमा पार्टीको महाधिवेशनको मिति तय गर्ने र सरकारको समीक्षा गर्नुका साथै प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण सम्बन्धि नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया