एसिया प्यासिफिकको छैठौँ क्षेत्रीय सम्मेलन हङकङमा

काठमाडौं । गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैठौँ क्षेत्रीय सम्मेलन हङकङमा शुरु हुँदैछ । 

आज शनिवारबाट हङकङमा आयोजना हुने कार्यक्रम ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहने संघका प्रवक्ता भूषण घिमिरेले जानकारी दिए ।   

सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले गर्दै छन् ।  

सम्मेलनमा नेपालका लगानी प्रवद्र्धनका विषयका साथै साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाहरुबारे छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिए । 

यस्तै क्षेत्रीय सम्मेलनसँगै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि छलफल गरिने प्रवक्ता घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?