विमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

लोकपथ
0
Shares
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a’waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा विमान दुर्घटनाको खबरले आफू स्तब्ध भएको उल्लेख गरेकी छन् ।

‘यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ राष्ट्रपति भण्डारीले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?