रूपन्देही । रूपन्देहीमा बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ ।
रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको थियो ।
नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्य दुई जनाले अपराध स्विकार गरिसकेको र अन्य चार जनामाथि अनुसन्धान भइरहेको छ ।
बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडित बालिका यौनाङ्गबाट रगत बगिरहेको अवथामा भेटिएकी थिइन् ।
पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिका बलात्कृत भएमी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया