पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियारको मुद्दा दायर, अर्बौ रुपैयाँ बिगो दावी

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले बाँकेमा निर्माण भइरहेको सिक्टा सिचाइँ आयोजनाको काममा भष्ट्राचार भएको ठहर गर्दै पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले आयोजना प्रमुख सूर्यदेव पाण्डे, सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकाल, तत्कालीन प्रमुखहरु सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, सीडीई रविनाथबाबु श्रेष्ठ, सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी,  र अशिषचन्द्र खनालविरुद्ध मुद्दा दायर गरेको  जनाइएको छ ।

यस्तै पूर्व आयोजना प्रमुख सरोजचन्द्र पण्डितमाथि ५१ करोड, ३४ लाख ५२ हजार ५ सय ९४ बिगो दावी गरिएको छ भने अर्का आयोजना प्रमुख दिलिप बहादुर कार्कीमाथि १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९ रुपैयाँ बिगो दावी गरिएको छ भने पूर्व आयोजनाकै प्रमुख रमस बस्नेतसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दावी गरिएको अख्तियार स्रोतले बतायो ।

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध पनि २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विगो दावी गरिएको छ ।

परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनः परीक्षण नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको उजुरी परेपछि आयोगले छानविन थालेको थियो । सिक्टा सिचाई आयोजनाको नहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि देखिएको अख्तियारले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?